बञ्चरेडाँडामा फाेहाेर फाल्न अवराध गरेपछि प्रहरीले गर्‍यो हवाईफायर


काठमाडौं – काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ ।

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

अवरोध गर्न नछोडे प्रहरीले थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

झडपपछि फोहोर विसर्जनको काम रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिएर फोहोर बिसर्जन सुचारु गराइने एसपी मैनालीले बताए । सो क्षेत्रमा नुवाकोट र काठमाडौंका प्रहरी खटिएका छन् ।

 

प्रतिक्रिया