घट्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । त्यस्तै चाँदी १५ रुपैयाँले घटेको हो।

आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार भने ४०० रुपैयाँले घटेको थियो। हिजो चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको जनाएको छ । यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भइरहेको छ।

प्रतिक्रिया