

बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरिएको जानकारी दिएको छ

