


नागरिकता विधेयक : यस्तो छ राष्ट्रपतिको सन्देश (पूर्ण पाठसहित)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सन्देशसहित फिर्ता गरेकी छन् । राष्ट्रपति भण्डारीले पिर्ता पठाएको उक्त विधेयक आज प्रतिनिधिसभामा पुगेको छ ।
राष्ट्रपति कार्यालयले पठाएको सन्देशमा विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको जनइएको छ ।
जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् ।
२३ असार २०७९ मा प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाडले पेश गरेको नागरिकता विधेयक साउन ६ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको नागरिकता विधेयक साउन १२ गते राष्ट्रिय सभाबाट पारित भयो ।
दुबै सदनबाट पारित भएपछि सभामुख अग्नि प्रसाद सापकोटाले साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

