बढेको तलब खुवाउन बाटो खुल्यो, साउन १ देखि नयाँ तलबमान लागू गर्ने मन्त्रीपरिषद्को निर्णय


काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान लागू गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि नयाँ तलबमान लागू हुनेछ । सरकारले बजेट मार्फत सबै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको थियो । मन्त्रिपरिषद्ले नयाँ ग्रेड तोकेको छ ।

मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयअन्तर्गतको आयोजनाका लागि राजपत्राकिंत ५१ पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । यस्तै, कानून मन्त्रालयको लागि राजपत्रांकित ५८ पदको स्थायी पद स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए । कृषि मन्त्रालयका लागि २० अस्थायी पद स्वीकृत गरिएको छ ।

 

प्रतिक्रिया