महानगर मेयर बालेन र बानेश्वर व्यापार संघबीच छलफल


काठमाडौं – बानेश्वरलाई व्यवसायीक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यसहित नयाँबानेश्वर व्यापार व्यवसायी संघले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)सँग भेटघाट गरेको छ ।

उक्त अवसरमा बानेश्वर क्षेत्रमा व्यावसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई व्यावसायिक हिसाबमा सुरक्षित र व्यवस्थित बनाउने लगायतका विषयमा छलफल भएको संघका तर्फबाट भेटघाटमा सहभागी कार्यसमिति सदस्य शिवलाल न्यौपानेले बताए ।

उक्त अवसरमा व्यवसायीले उठाएको विषयमा मेयर बालेनले आफू सकारात्मक भएको बताउँदै समस्याको समाधानका लागि मेयर शाह सकारात्मक भएको पनि न्यौपानेले जनाए ।

संघले विगत लामोसमयदेखि बानेश्वर क्षेत्रमा देखिएका फुटपाथ, ट्राफिक व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्दै आएकोले व्यवसायी र उपभोक्ताले भोगेको समस्याका बारेमा मेयर बालेनलाइ जानकारी गराएको थियो ।

मेयर बालेनसँगको छलफलका क्रममा संघका तर्फबाट अध्यक्ष नविन लुइँटेल, कोषाध्यक्ष विक्रम महत र सदस्य शिवलाल न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया