‘सर्वोच्च अदालतले संविधानको सही ब्याख्या गरोस’


काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकलाई यतिबेला प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सघाउनेभन्दा रोक्ने अदालत आवश्यक परेको बताएका छन् ।

काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरोस् भन्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकीर गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दाको रीस प्रतिनिधि सभा विघटन गरेर पोखेको भन्दै नेता सिटौलाले यो राष्ट्र र जनतामाथिको बेइमानी भएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले संविधानको सही व्याख्या नगरे उसको सर्वोच्च गरिमा नरहने भन्दै उनले सर्वोच्च नै सर्वोच्च रहेन भने अरू संवैधानिक निकाय के होलान् ? भनेर पश्न गरेका छन् ।

प्रतिक्रिया