


सिट बाँडफाँट र भ्रातृ संस्थाको नेतृत्व चयनबारे छलफल गर्न शेखरले बोलाएर छुट्टै बैठक

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूह भेला बोलाएका छन्। नेता कोइरालाले आज शनिबार समूह भेला बोलाएको शेखर समूहका एक नेताले जानकारी दिए।
उनले भने, ‘सिट बाँडफाँड, भ्रातृ संगठनको नेतृत्व चयनमा सल्लाह नगरेकोलगायतका विषयमा छलफल गर्न भेला बोलाइएको हो। भेलाको समय भने टुंगो लागेको छैन।’
सत्ता गठबन्धनले सिट बाँडफाँडका विषयमा छलफल गरिरहेको समयमा नेता कोइरालले समूह भेला बोलाएका हुन्। बिहीबार सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेका छन्। त्यस्तै सिट बाँडफाँटको विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बिहान ९ बजे बस्दै छ।
कुनै पनि भ्रातृ संस्थाको नेतृत्व चयनका बेला आफूहरुलाई जानकारी नगराएको र आफ्नो समूहका कसैलाई पनि भाग नदिएको कोइराला समूहको गुनासो छ।

