आजको मौसम : बागमती प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षा


काठमाडौँ- हाल देशको पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही भूभागमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  बागमती प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया