नेकपा सचिवालय बैठक : ९ गतेको आन्दोलन सशक्त बनाउने


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माघ ९ गतेका लागि तय भएको जन–प्रदर्शनको तयारीमा जुटेको छ । यसै क्रममा सोमबार पेरिसडाँडामा सचिवालय बैठक बस्यो ।

बैठकमा ९ गतेको प्रदर्शन सशक्त बनाउने विषयमा छलफल भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेकपाले ९ गतेको आन्दोलनमा २ लाख जनता सडकमा उतार्ने बताउँदै आएको छ ।

उक्त सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने खनालले जानकारी दिएका छन् । अनेरास्ववियूले राजधानीमा आइतबार गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक रुपमा प्रस्तुत हुने युवाहरूलाई निर्देश गरेका थिए ।

उनले संसद् विघटनविरुद्ध सशक्त आन्दोलन गर्ने र आफूहरु पनि पछि नहट्ने बताएका थिए । उपत्यकामा आन्दोलन प्रभावकारी हुन नसकेको आरोपपछि नेकपा आक्रामक रुपमा प्रस्तुत हुन लागेको हो । नेकपाले माघ ९, १६ र २३ गते जनप्रदर्शन गर्ने उद्घोष गरेको छ ।

प्रतिक्रिया