

तीन दिन बाढीको सम्भावना न्यून

काठमाडौं – अबका तीन दिनसम्म प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
यस अवधिमा बाढीको सम्भावना पनि न्यून रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभरका ठूला नदीहरूमा बहाव सामान्य घटबढ हुनेछ ।
देशभरका अधिकांश साना नदीहरूमा पनि बहाव सामान्य घटबढ हुनेछ । ती नदीहरूमा पनि बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ ।

