बाबुराम भट्टराईको अभिव्यक्तिमा कमल थापाको आपत्ति


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री एवम् संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

सोमबार एक कार्यक्रममा डा. भट्टराईले ‘संसद पुर्नस्थापना नभए हातमा दही जमाएर बस्दैनौं’ भनेर दिएको अभिव्यक्तिमाथि अध्यक्ष थापाले आपत्ति जनाएका हुन् । उनले भट्टराईले अदालतलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।

उनले संसद विटको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जिम्मेवार व्यक्तिको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडागर्ने तर्फ उद्यत रहेको बताएका छन् ।

‘संविधानमा रहेका अस्पष्टता र विवाद निरूपण गर्ने अधिकार संविधानले सर्वोच्च अदालतलाई दिएको अवस्थामा ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए हातमा दही जमाएर,रामनाम जपेर बस्दैनौं’ भन्ने एक नेताको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने र संविधानको हत्या गरेर अस्थिरता खडा गर्नेतर्फ उद्यत रहेको देखिन्छ’, उनले लेखेका छन् ।

प्रतिक्रिया