

देशभर थपिए ८६८ संक्रमित, थप ३ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरका ६७०५ नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा ३ जना संक्रमितले ज्यान गुमाएका थिए ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ४१४ जना कोरोनामुक्त भएसँगै देशभर अहिलेको अवस्था ५ हजार ८८५ जना सक्रिय संक्रमित रहेका छन् ।

