बझाङमा एकैपरिवारका तीन जना झुण्डिएको अवस्थामा भेटिए


बझाङ – बझाङमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् ।

बुङ्गल नगरपालिका–९ घर भएका एकै परिवारका आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतक गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केको खुलेको छ ।

प्रतिक्रिया