बालाजु औद्योगिक क्षेत्रमा आगलागी


काठमाडौं –  काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ ।

बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया