
टेनिस स्टार सेरेनाले लिइन सन्यास
काठमाडौँ- टेनिस महिला स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छिन् । एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन् ।
उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरेकी हुन् । जुनमा उनी विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन् ।
४० वर्षीय अमेरिकी खेलाडीले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन् । उनले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन् । हाल टोरन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जित निकालेकी थिइन् ।



कागजपत्र |
