मुख्यमन्त्री नितीशको कदमले भाजपालाई धक्का !


काठमाडाैं – भारतको बिहारमा मुख्यमन्त्री नितीश कुमारले भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिएका छन् । सन् २०२० देखि भाजपासँगै सत्ता सहयात्रा गरिरहेका जेडीयू नेता नितीशले पासा पल्टाउँदै आरजेडीसँग हात मिलाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहारका चर्चित नेता लालु यादवका पुत्र तेजस्वी यादव नेतृत्वको आरजेडीसँग मिलेर नितीशले भाजपासँगको सहयात्रा तोडेका छन् । गत चुनावमा भाजपा र आरजेडी तालमेल गरेर चुनाव लडेका थिए ।

मुख्यमन्त्री नितीशले आफूलाई १६४ विधायकको समर्थन रहेको जनाएका छन् । कूल ७ पार्टीको समर्थनमा अब सरकार चलाउने उनले बताएका छन् । भाजपा नेता रविशंकर प्रसादले नितीशले जनतालाई धोका दिएको र जनादेशलाई खण्डित गरेको आरोप लगाएका छन् । ‘यो विश्वासघात हो,’ उनले भने ।

प्रतिक्रिया