

महानगर उपमेयर सुनितालाई कोरोना पुष्टी

काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई कोरोना संक्रमण भएको छ ।
उपमेयर डंगोललाई परीक्षण गर्दा केही दिनअघि कोरोना संक्रमण भएको जनाइएको छ ।
परिवारका सदस्यका अनुसार उनी चिकित्सकको परामर्शमा घरमै आइसोलेशन बसेकी छिन् ।

