पाकिस्तानमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु, २४ घाइते


काठमाडाैं – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका २ छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतवार जानकारी दिएका छन् ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।शनिवार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।

उद्धार टोलीले क्रेनको सहयोगमा बसलाई पानीबाट बाहिर निकाल्ने प्रयास गरेको समाचारमा जनाइएको छ । पाकिस्तान प्रशासित काश्मिरको नीलम भ्याली जिल्लामा कारको ठक्करबाट ३ वटा जीप पल्टिँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

पुराना सवारीसाधन, कमजोर सडक संरचना र चालकको लापरवाहीका कारण पाकिस्तानमा बर्सेनि सयौं मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया