


मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

काठमाडौं – स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि गएराति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ।
पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे। यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।
खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो । जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन।

