

पूर्वीक्षेत्रका नदीमा फेरि जल सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। पूर्वी नेपालका कोशी, तमोर, सुनकोशी र अरुणमा जल सतह बढ्दो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले दिएको जानकारीअनुसार सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ । तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने, उदयपुरतर्फ थप कटान हुने सक्ने विभागले अनुमान गरेको छ ।
उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा रहेका स्थानीयहरुलाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन विभागले सूचनामार्फत आग्रह गरेको छ ।

