नेकपा विभाजनको प्रभाव प्रेस संगठनमा, प्रचण्ड–नेपाल पक्षका पत्रकारको राष्ट्रिय भेला
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको प्रभाव प्रेस संगठनमा पनि देखिएको छ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधरका पत्रकारको राष्ट्रिय भेला सोमबार राजधानीको कमलादीमा सुरु भएको छ।
भृकुटीमण्डपमा भेला भई पत्रकारको र्याली नेपाल प्रज्ञा प्रतिष्ठानमा जाने बताइएको छ। संगठनले प्रतिनिधि सभा विघटनविरुद्ध नयाँ नारा समेत दिएको छ। ‘प्रतिगमनविरुद्ध सञ्चारकर्मीको सामूहिक अभियान’का रुपमा भेला हुने बताइएको छ।