विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला


काठमाडौं – जाजरकोट, कपिलवस्तु र सुनसरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका–१० काफ्ला बस्ने ३२ वर्षीय तिलक पुन सोही ठाउँस्थित लामेखोलाको बीच भागमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ विजयनगर बस्ने कृष्ण औतार यादवको छोरा ८ वर्षीय युवराज यादव सोही ठाउँस्थित सोईया नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको इनरुवा नगरपालिका–९ तिनठडिया थानमा सोही नगरपालिका–९ यादव टोल बस्ने ४२ वर्षीया अनिता देवी यादव बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

प्रतिक्रिया