एसिया रग्वी सेभेन्स ट्रफीमा भाग लिने खेलाडीकाे बिदाइ


काठमाडाैं – इन्डोनेसियामा आयोजना हुने एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरेका हुन्।

इन्डोनेसियाको जकार्तामा अगष्ट ६ र ७ मा हुने प्रतियोगीताका लागि नेपाल रग्वी संघको १२ सदस्यीय राष्ट्रिय महिला टोली तथा ६ जना अफिसियलहरु त्यसतर्फ जानेछन्। नेपाली टोलीको टीम क्याप्टेन एलिसा थापा रहेकी छन्।

बिदाइ कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले उच्च मनोवलका साथ उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिए।

प्रतियोगितामा नेपालका साथै भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मंगोलिया र गुवाम देशका महिला खेलाडीहरुले भाग लिनेछन्। प्रतियोगिता राउण्ड रोविन आधारमा खेलाइने रग्वी संघले जानकारी दिएको छ।

प्रतिक्रिया