

मनकामना केवलकार कम्तीमा डेढ महिना बन्द हुने

काठमाडौं – मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ।
सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकार दिएको छ।
चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरूलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ। स्तरोन्नतिका लागि अस्ट्रियाका प्राविधिक नेपाल आएको कम्पनीले जनाएको छ।
नयाँ प्रविधिमा गएपछि यो नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीले दाबी गरेको छ।
‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेस्टुरेन्ट भने चालु रहने छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

