

अवरुद्ध नारायणगढ- मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन – पटक पटक पहिरोको कारण अवरुद्धहुंँदै आएको नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
आज बिहान करिब २ः३० बजेदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि आज बिहान ९ बजेबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्दछ । यो बाटो भएर दैनिक झण्डै २० हजार सवारी साधन ओहोरदोहोर गर्छन्।

