

ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

नवलपरासी – नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका-१० मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय मान बहादुर दमाई रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा मध्यविन्दु अस्पतालमा आज मंगलबार मध्यान्ह १२ बजे मृत्यु भएको हो।
पूर्व पश्चिम राजमार्गमा बागमती प्रदेश ०३ ००१ ख १७०१ नम्बरको ट्रकले पैदलयात्रा गरिरहेका उनलाई आज बिहान ११ बजे ठक्कर दिएको हो। ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ।

