

देशभर एकैदिन थपिए ८९५ संक्रमित, १ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ५९०९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर २६४ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको कोरानाकै कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ३३ हजार १७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

