बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त


काठमाडौं – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारको जिम्मवारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको पुष्टि गरे । प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी विवादमा परेपछि राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिष्ट्रार पद रिक्त थियो ।

संग्रौला नेपाली कांग्रेसका नेता डिला संग्रौलाका श्रीमान हुन् ।

प्रतिक्रिया