
धरानबजार केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प
काठमाडौँ- पूर्वी नेपालको धरान बजार आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।
पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो। नेपालको भूकम्प मापन केन्द्रले भने ६ रेक्टरको भूकम्प गएको जनाएको छ। भूकम्पको मापन ठाउँअनुसार मापन गर्दा फरक फरक आउने गर्दछ।




कागजपत्र |
