

चौथो त्रैमाससम्म आशा लघुवित्तले कमायो साढे १२ करोड

अघिल्लो वर्षको यसै अवधिमा यसले १२ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३.८९ प्रतिशतले घट्दा खुद ब्याज आम्दानी भने १९.४७ प्रतिशतले बढेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १० रुपैयाँ ५९ पैसाले घटेर ३७ रुपैयाँ ०१ पैसा (वार्षिक) मा झरेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६ पैसा (वार्षिक) थियो । यसको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा छ । यसको खराब कर्जा ३.८० प्रतिशत बाट बढेर ३.८५ प्रतिशत पुगेको छ ।

