जापान जाने कराते टोलीको बिदाइ


काठमाडाैं – पन्ध्रौँ विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे।

यही साउन १६ देखि २२ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जङ्गम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

टोली प्रमुखमा नेपाल सोतोकान कराते सङ्घका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी रहेका छन्। नेपाली टोली शनिबार जापान प्रस्थान गर्नेछन्।

प्रतिक्रिया