डा. बाबुराम भट्टराईकाे नेपाल समाजवादी पार्टी आयोगमा दर्ता


काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । निर्वाचन आयोगमा आज (बिहीबार) भट्टराईले नेपाल समाजवादी  पार्टी दर्ता गराएका हुन्।

जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले दर्ता गरेको नयाँ पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न हो ।

भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए ।

प्रतिक्रिया