वरिष्ठ नेता पौडेल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नविन श्रीवास्तवले भेटवार्ता बिहीबार भेट गरेका छन् ।

राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर नेता पौडेलसँग भेटवार्ता गरेको हुन् । नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको जनाइएको छ ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया