


१८ साउनमा अभियान लघुवित्तको आईपीओ खुला हुने

योमध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा २२ साउनसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा १ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । सले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

