विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला 


काठमाडौं  –  ललितपुर, सिरहा र संखुवासभामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एक जना मृत अवस्थामा भेटिएको छन् ।

उनी सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ रहेको प्रहरीले जनाएको छ । सोही गोठको भ¥याङमुनि बुधबार उनी मृत अवस्थामा फेला परेका हुन् । उनी त्यही गोठमा बस्दै आएका थिए ।

सिरहाको मिर्चैया नगरपालिका–१० मथलेश्वर बस्ने २७ वर्षीया बिमला देबी यादब आफ्नै घरको ढोका नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

संखुवासभाको खाँदबारी  नगरपालिका–२ अमले भञ्ज्याङस्थित सडकमा सोही ठाउँ बस्ने ७१ वर्षीया कमला परियार दर्जी बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया