भ्रमण भिसामा विदेश गएर सुरक्षित रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध


काठमाडाैं – गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न नागरिकमा अनुरोध गरेको छ । पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो ।

गैरकानूनी रूपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत नेपाल सरकारसँग कुनै कानूनी आधार नरहने पनि मन्त्रालयले जानकारी गराएको छ । विज्ञप्तिमा त्यसरी जाने व्यक्तिले प्रचलित कानूनअनुसार श्रम स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरिएको छ । 

प्रतिक्रिया