काठमाडौंबाट वीरेन्द्रनगर आउँदै गरेको बसमा ढुङ्गा खसेर एककाे मृत्यु


सुर्खेत – काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका-१ का १७ वर्षीया पार्वती शाही रहेकी छन् ।

उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको हाे । रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना ७ ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो ।

ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए । मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर-६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मृतक शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । सुनारको दाइने कानमा चोट लागेको बताइएको छ । ३१ जना सवार उक्त गाडी चालक वीरेन्द्रनगर नगरपालिका-३ का २९ बर्षीया नमबहादुर रोकाया प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया