टिकटक बनाउने क्रममा चिप्लिएर तालमा खसेका युवा मृत फेला


सल्यान – टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ३७ वर्षीय बेद बहादुर बस्नेत मृत भेटिएका छन् ।

उनको तालभित्र अन्दाजी ५० मिटर तल शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए ।

प्रतिक्रिया