

बनेपामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बनेपाबाट काठमाण्डौ आउँदै गरेको ना ८ ख ८० ८७ नम्बरको ट्रकलाई उछिन्ने क्रममा हिजो बेलुकी सवा ७ बजे बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेकै रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामाको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो
घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय एण्डी लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।

