


साफ यू-२० च्याम्पियनसिप : दोस्रो जीतको खोजीमा नेपाल, आज श्रीलंकासँग भिड्दै

काठमाडौँ- साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज (बुधवार) दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे शुरू हुनेछ।
नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जीत निकाल्न चाहन्छ। सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो।

