


मंकीपक्सको जोखिम बढ्याे: सिमानामा कडाइका साथै परीक्षण गर्नु पर्यो : योगेश भट्टराई

काठमाडौं – एमाले सासंद योगेश भट्टराईले नेपालमा पनि मंकीपक्स भाइरसको जोखिम बढ्दै गएको अवस्थामा सरकार संवेदनशील हुनु पर्ने बताएका छन्।
आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै भारतमा समेत मंकीपक्सका संक्रमित बढ्दै गएका वेला नेपालमा समेत जोखिम बढिसकेको हुँदा सरकारले कडाइ गर्नुपर्ने धारणा उनले राखेका छन्।
‘भारतमा यसका विरामी देखिसकेको अवस्थामा हाम्रोमा जोखिम बढिसकेको छ। सरकारले सीमामा कडाइ गर्नु पर्यो, सिमानामा परीक्षण बढाउनु पर्यो। भारतमा समेत चारजना विरामी देखिएको भन्दै उनले नेपाल भयानक अवस्थाबाट टाढा रहेको छैन तर नेपाल सरकार मौन छ, सरकार निद्राको अवस्थामा छ’‚ ’उनले भने।
विश्वका ठूला देशहरूमा समेत मंकीपक्स संक्रमणले हायलकायल बनाएका वेला सरकारले संवेदनशील रूपमा नलिएको समेत आरोप लगाए।
यस्तै उनले पछिल्लो समय काठमाडौंमा हैजाका विरामी बढेका हुँदा हैजा संक्रमणको रोकथामका लागि पनि सरकारले सतर्कता अपनाउनुपर्ने बताएका छन्।

