अर्थमन्त्री प्रकरण : छानबिन गर्न गठित समितिको बैठक स्थगित


काठमाडौं – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरवारमा बसेको बैठक बेलुकी ४ बजे बस्ने गरी स्थगित भएको छ ।

प्राविधिक विषयमा फरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनु पर्ने भएको जनाउँदै बैठक स्थगित भएको हो ।

नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भई सकेको छ भने सोही प्रतिवेदनबारे छलफल गर्न आज बिहान समितिको बैठक राखिएको थियो ।

बेलुकी बस्ने बैठकमा प्राविधिक कुराहरू स्पष्ट पार्न नेपाल प्रहरीको फरेन्सिक ल्याबका विज्ञहरुलाईसमेत बोलाइएको छ ।

प्रतिक्रिया