लाहौल स्पीतिमा अवैध रूपमा बस्ने चिनियाँ महिला पक्राउ


नयाँ दिल्ली – हिमाचल प्रदेशको जनजातीय जिल्ला लाहौल स्पीतिमा स्थानीय प्रहरीले एक चिनियाँ महिलालाई विदेशी अधिनियम अन्तर्गत पक्राउ गरेको छ। सो महिला अवैध रूपमा भारतमा लामो समयदेखि बसिरहेकी थिइन् ।

पुलिसले चेक पोस्ट दारचामा लेहतर्फ गइरहेको एउटा ट्याक्सी ड्युटीमा खटिएका पुलिस अधिकारीले उक्त वाहनको छानबिन गर्दा एक जना विदेशी महिला पनि रहेको पता लाग्यो ।

उनको पासपोर्ट र भारतीय भिसा जॉंच गर्दा उनी चिनियाँ नागरिक भएको प्रहरीले थाहा पायो। भारतमा बस्ने उनको भिसा समाप्त भइसकेको थियो र लगभग दुई वर्षदेखि भारतमा भिसा बिनै बसिरहेकी थिइन् ।

केलांग पुलिसले सो महिला विरुद्ध विदेशी अधिनियम अन्तर्गत मामिला दर्ता गरेर अदालतमा पेस गरेपछि उनलाई ६ अगस्तसम्म न्यायिक हिरासतमा पठाइएको छ। भारतमा समय-समय अवैध रूपमा बस्ने चिनियाँ नागरिकहरू पक्राउ परिरहेको हुन्छ ।

प्रतिक्रिया