
श्रीलंकामा प्रदर्शनकारीको कब्जामा रहेको राष्ट्रपति कार्यालय आज खुल्दै
प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीब्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालिन उक्त भवनलाई कब्जामा लिएका थिए । प्रदर्शनकारीले भवन कब्जा गर्नुअघि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगेका थिए । गोटाबायाका उत्तराधिकारी रनिल विक्रमासिंघेले ९२ वर्ष पुरानो उक्त एतिहासिक भवन खाली गर्न सेनालाई आदेश दिएका थिए ।
राष्ट्रपति विक्रमासिंघेले आदेश दिएको २४ घन्टाभित्रै सेनाले उक्त भवनबाट प्रदर्शनकारीलाई हटाएको थियो । निशस्त्र प्रदर्शनकारीहरूविरुद्ध बल प्रयोग गरेको भन्दै पश्चिमी देशहरू, संयुक्त राष्ट्र र मानवअधिकार संगठनले विक्रमासिंघको आलोचना गरेका छन् ।



कागजपत्र |
