
उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान
काठमाडौं – आज उपत्यकासहित देशका विभिन्न स्थानमा सोमबार बिहानैदेखि वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण अर्थात् नेपालनजिक नभएकाले ठूलो वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। यस क्रममा देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै सोमबार र मंगलबार केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।
यस्तै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस्तो छ तीन दिनको मौसम
२०७९ साउन ९ गते (सोमबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू(भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०७९ साउन १० गते (मंगलबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७९ साउन ११ गते (बुधबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



कागजपत्र |
