बिहारको एक घरमा विस्फोट हुँदा ६ को मृत्यु, ४ घाइते


काठमाडौं — भारत बिहारमा एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।

सारण जिल्लास्थित एक व्यक्तिगत घरमा आइतबार विस्फोट भएको थियो । रियाज मियाँको घरमा पटाका बनाइने गरेको जनाइएको छ ।

सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् ।

विष्फोटपछि घरमा आगलागी भएको थियो ।

प्रतिक्रिया