
नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं – नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको साधारण सभामा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उमेश श्रेष्ठ, परिसंघका अध्यक्ष एमिरेट्स सांसद विनोद चौधरीलगायत प्रतिष्ठित, उच्च सरकारी अधिकारीहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरुलगायत सहभागी थिए।
परिसंघले तयार गरेको चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विषयवस्तुहरुको प्रभावकारी कार्यान्वयन गर्न बजेट कार्यान्वयन योजना प्रधानमन्त्री देउवाले सार्वजनिक गरेका छन् । साधारण सभामा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा सीएनआई प्रेसिडेन्टस् अवार्डबाट सम्मानित भए ।
परिसंघले निर्यात प्रबद्र्धनमा योगदान पुर्याए बापत गणपति बनस्पती र रिलाइन्स स्पिनिङ मिल्सलाई सीएनआई एक्सपोर्ट अवार्डबाट सम्मान गरिएको थियो । त्यस्तै परिसंघको राष्ट्रिय परिषद् सदस्य छायाँ शर्मा, परिसंघको राजश्व समिति, परिसंघ प्रदेश नम्बर एक तथा परिसंघको युवा उद्यमी मञ्चलाई समेत सम्मान गरिएको थियो ।



कागजपत्र |
