


चट्याङ्ग लागेर दैलेखमा १० जना घाइते

सुर्खेत – दैलेखमा चट्याङ लागेर १० जनाभन्दा बढी घाइते भएका छन् ।
जिल्लाको डुंगेश्वर गाउँपालिका-२ सेर्माकोटमा चट्याङ लाग्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।
उनका अनुसार चट्याङ्गका कारण एक बाख्रा र एक गाईको समेत मरेका छन् ।

