जिप दुर्घटनामा परी गाउँपालिका अध्यक्ष राईसहित २ घाइते


उदयपुर – मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका– ७ चिसापानी खण्डमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

झापाबाट सोलुखम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०१०२३ च ५८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।

थापाका अनुसार सोलुखुम्बु नेचासल्यान गाउँपालिका– १ का ३२ जिप चालक झमक विक र यात्रु ५४ वर्षीय धनजन राई घाइते भएका छन्। घाइते राई नेचासल्यान गाउँपालिकाका अध्यक्ष हुन् । घाइते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

जिप सडकबाट तल खेतमा खसेको थियो । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया